३० जेष्ठ २०७८, आईतवार

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

  प्रकाशित मिति
२६ जेष्ठ २०७८, बुधबार ०२:१९



किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो ।

लोपोन्मुख बनेको बिनायो बाजाको संरक्षण, संवर्द्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिताको आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार सङ्घका सचिव पदम थुलुङले जानकारी दिए ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको शुरु गरिएको जानकारी दिँदै उनले जेठ २२ गते पर्ने आफ्नो १६औँ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता दुई चरणमा सञ्चालन हुने बताए ।

सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ । छनोट भएका भिडियो सङ्घको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ । पहिलो चरणमा छनोट भएकामध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने छ । दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ ।

बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ । प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन् । प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः रु १६ हजार १० हजार र सात हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए । कार्यक्रममा किराँत राई सङ्गीत सम्मान अक्षयकोषका लागि दुई लाख २२ हजार २२२ रकम सङ्कलन भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका