३० जेष्ठ २०७८, आईतवार

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ जेष्ठ २०७८ बुधबार, ९ जुन २०२१)

  प्रकाशित मिति
२५ जेष्ठ २०७८, मंगलवार २३:४५



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ २६ गते बुधबार तद्अनुसार सन् २०२१ जुन ९ तारिख ज्येष्ठ कृष्णपक्ष चतुर्दशी तिथि १३ः४१ पर अमावश्या तिथि कृतिका नक्षत्र ९ः६ पर रोहिणी नक्षत्र सुकर्म योग ६ः११ पर धृति योग चतुष्पाद करणआनन्दादिमा सिद्धि योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५७ मा हुनेछ ।

आजको राशिफल

मेष – समय शुभ फलदायक छ । धर्मकर्ममा प्रवृत्ति बढ्नेछ । सुख र सफलता प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । सुखसुबिधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ ।

बृष – विलासमा रुचि बढ्नेछ । कर्ममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । सफलता प्राप्त होला । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला ।

मिथुन – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । हांसविलासमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । मान महत्व बढ्नेछ । सुख समृद्धि बढ्नेछ ।

कर्कट – आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मान महत्वमा कमी आउने छैन । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक वातावरण अनुकूल रहनेछ । सुख र सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हीतकर रहला । सिंह – प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । हासविलासमा रुचि बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

कन्या – मिहीनेतले सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । भागदौड बढ्ला । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।

तुला – आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड चलिरहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । मित्रसुख बढ्नेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।

वृश्चिक – मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित्र सन्तान सुख बढ्ला ।

धनु – मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पाइनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न भइजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका