३० जेष्ठ २०७८, आईतवार

विश्वकप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित

  प्रकाशित मिति
२५ जेष्ठ २०७८, मंगलवार ०४:३३



सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो ।

नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हाबी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गरे । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ ।

कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गरे । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै परेका थिए । खेलको २९औँ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिए । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरे ।

कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो । दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५८औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सकेनन् । खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारे ।

नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका