तारबिना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै

तारबिना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै



विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तारबिना चार्ज गर्न मिल्ने आइप्याड चाँडै नै बजारमा ल्याउने जनाएको छ ।

नयाँ विषेशतासहितको आइप्याड अहिले परीक्षणकै क्रममा रहेकाले अर्को वर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ ।

प्लग लगाएर चार्ज गर्ने ट्याबलेटभन्दा तारबिना चार्ज हुने ट्याबलेट बढी टिकाउ हुने पनि कम्पनीका अधिकारीहरुलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

चार्जरबिना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ ।

बिनातार चार्ज गर्न मिल्ले डिभाइस एप्पलकै अन्य डिभाइज चार्ज गर्न पनि मिल्ने बताइएको छ । एउटै डिभाइसले आइप्याड वा आइफोनलाई पनि चार्ज गर्न मिल्ने उनीहरुले दाबी गरेका छन् ।

तारबिना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ ।

प्लगबाट चार्ज गर्नुपर्ने मोबाइलहरु चार्जका लागि विद्युतको लाइन भएकै ठाउँमा राख्नुपर्ने बाध्यताले भएका कतिपय कठिनाइ अब हट्ने भएको छ ।