३० जेष्ठ २०७८, आईतवार

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ जेष्ठ २०७८ मंगलबार, ८ जुन २०२१)

  प्रकाशित मिति
२४ जेष्ठ २०७८, सोमबार २३:४९



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ २५ गते मंगलबार तद्अनुसार सन् २०२१ जुन ८ तारिख ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि ११ः४० पर चतुर्दशी तिथि भरणी नक्षत्र ६ः२८ पर कृतिका नक्षत्र अतिगण्ड योग ४ः३१ पर सुकर्म योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा ३१ः७ त्यसपछि बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५७ मा हुनेछ ।

आजको राशिफल

मेष – शुभ उन्नति हुनेछ । अन्न धन बढ्नेछ । बल, बुद्धि, शक्ति,सामर्थ्य आदि वृद्धि होला । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । भ्रमणमा आकर्षण बढ्ला । साहसिक कार्यमा रुचि बढ्नेछ । आफ्नै बल विवेकले सफलता पाउनुहुनेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित गर्नु पर्ला । प्रयास र परिश्रमले सार्थक उन्नति होला ।

बृष – कर्मपथमा प्रगति होला । धन मान गौरव बढ्ला । व्यापारमा प्रगति हुनेछ । सहयोगले काम होला । दैनिक काममा सफलता प्राप्त होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । सुख सफलता प्राप्त होला । इष्टमित्रको सहयोग मिल्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धनको आगमन भैरहनेछ ।

मिथुन – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकूलको काम बन्नेछ । धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । लगानी उठ्ला । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

कर्कट – भागदौड व्यस्तता बढ्नेछ । ऋण रोग र शत्रुसितको व्यवहारमा बलियो सिद्ध हुनुहुनेछ । समयबाट बढीभन्दा बढी फाइदा लिनु उचित होला । आयात निर्यात यात्रा आदिसित सम्बन्धित काममा सफल रहनुपर्नेछ । उन्नति पदोन्नति हुनेछ ।

सिंह – मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुख सन्तति बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्रजन प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नपरी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । आनन्द बढ्नेछ । आशा उत्साह बढ्ला ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्रजन एवम् सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुखशान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।

मकर – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनु पर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हाविलासमा आकर्षण बढ्नेछ । सुख आनन्द बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । यात्रामा सफलता मिल्ला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका