आधुनिक चिम्पान्जीहरूलाई… !

आधुनिक चिम्पान्जीहरूलाई… !


  • मोहन लामा रुम्बा

आफूलाई मंगोल हुँ भन्ने एक जनाले मसँग तर्क गऱ्यो ! ‘बुटवलको तिनाउ खोलामा पाएको ९ करोड वर्षअगाडिको रामापिथेकसको मानव जीवावशेष हाम्रो मंगोल पुर्खाको हो ! त्यसैले हामी यहाँको मुलवासी हौँ, नाकचुच्चे आर्यहरू पछि आएका शरणार्थी हुन् । ’

मुर्खदेखि दैव डराउँछन् रे ! अहिले यस्ता मुर्खहरूको उत्पादन संगठित रूपमा व्यापक बढाउँदै लगिएको छ र, हाम्रो सदियौँदेखि मिलिजुली बसिरहेको नेपालको मिश्रित समाज तीव्र ध्रुवीकरण हुँदै समाजमा नदेखिँदो तरिकाले विभाजनको धर्साहरू देखिँदै छ, सम्भवतः पाठक वर्गहरूले पनि बेला–कुबेला सामाजिक विखण्डन हुँदै गइरहेको अनुभव सबैले महसुस गर्दै पनि होलान् ।

यसमा अनौठो कुराचाहिँ यस्तो विखण्डनकारी मुर्खहरूलाई वैचारिक मलजल गर्ने, सलाई अप्रत्यक्ष राजनीतिक रूपमा संरक्षण गर्दै प्रश्रय दिने काम भने नेपालका तथाकथित बिकाउ बुद्धिजीवी लेखक साहित्यकार रूपमा परिचय बनाएका नाकचुच्चे ‘पाठक’, ‘संग्रौला’, ‘बराल’, ‘आहुती’ जस्ता थुप्रै लेखक–बुद्धिजीवीहरू गर्दै छन् भने यसलाई राजनीतिको केन्द्रबिन्दुमा पुऱ्याएर सैद्धान्तिक पक्षपोषण संरक्षण भने बाबुराम भट्टराई, पुष्पकमल दाहाल ब्रान्डले यो अभियानको राष्ट्रिय एजेन्डा बनाएर जातीय नश्लीय विभाजनको संवैधानिकता दिएर संस्थागत गरिसकेको छ ।

नेपालका हामी सम्पुर्ण नेपाली हौँ ! हामी नेपालकै धर्तीपुत्र हो भन्दै नेपालभूमिको पवित्रता र गरिमामय गाथा गाउने अब कोही भएन । यहाँनेर सबै आयातित विचार वा आयातित कुरा गर्ने मात्रै भए । यो देश करोडौँ वर्षअगाडिको हो र, यहीँ करोडौँ वर्षअगाडिदेखि जीव उत्पत्ति भएको थियो । यहीँ उत्तरमा फैलिएको हिमालबाट प्रवाहित भएको हिमनदीको किनार-किनार नै मानव सभ्यताको विकास भएको थियो भनेर गौरवान्वित हुने शिक्षा नदिएर एउटाको पूर्खा मंगोलतिरबाट आएको अर्कोको युरोप मध्येएसियातिरबाट आएको भन्दै जातजाति भाषाभाषीका बीचमा समाज विभाजनको धर्सो कोर्दै छन् ।

आऔँ अब पहिला नेपालको माटो बारेमा चर्चा गरौँ । नेपाली भूमिमा नै जीव उत्पतिको बारेमा संक्षिप्त चर्चा गरौँ, त्यो पनि कुनै धर्मशास्त्रबाट होइन उनीहरूले नै आधार लिने भौतिक विज्ञानकै आधारबाट थोरै चर्च गरौँ ।

जीव उत्पत्तिको बारेमा वैज्ञानिकहरू लामो समयदेखि खोज अनुसन्धानमा लागिपरिरहेका छन् । पश्चिमी खोजकर्ताहरूले एकताका अफ्रिकी मुलुकबाट यसको सुरुवात भएको हो भनेर निकालेको निष्कर्ष नै सबैतिर सर्वसम्मत हुन पुग्यो, किनकि त्यतिबेला अनुसन्धानको दायरा सीमित थियो, श्रोत-साधनको अभाव थियो, त्यसैले १९औँ शताब्दीको आरम्भतिर यही अवधारणा सर्वमान्य भएर एशियाली देशमा पनि जीव उत्पत्तिको सिद्धान्त आधुनिक शिक्षाको आधार बन्न पुग्यो ।

त्यसैमा टेकेर मानव पू्र्खाहरूको उत्पत्ति र विस्तारको अनुमान लगाउँदै साठी-सत्तरीको दशकमा पढेलेखेका नेपालीहरूले पनि नाक थेप्चो वर्ण भएकोलाई मंगोल-चीनबाट ह्वाङहो नदी तरेर तिब्बतको पठार हुँदै नेपाल छिरेको भन्न थालियो भने चुच्चो नाक वर्ण भएकालाई युरोप युरेसियाइबाट इरान इराक अफगानिस्तान पाकिस्तान हुँदै नेपाल छिरेको भनेर व्याख्या गर्न थालियो, पश्चिमी जीवविज्ञानको सिद्धान्तलाई अनुशरण गर्दै यही पाठ्यसामग्रीमा राखेर विश्वविद्यालयबाट पनि पाश्चात्य अवधारणाहरू घोकाउन थालियो, जो अहिलेसम्म हामी त्यही घोक्दै छौँ ।

यो देश करोडौँ वर्षअगाडिको हो र, यहीँ करोडौँ वर्षअगाडिदेखि जीव उत्पत्ति भएको थियो । यहीँ उत्तरमा फैलिएको हिमालबाट प्रवाहित भएको हिमनदीको किनार-किनार नै मानव सभ्यताको विकास भएको थियो भनेर गौरवान्वित हुने शिक्षा नदिएर एउटाको पूर्खा मंगोलतिरबाट आएको अर्कोको युरोप मध्येएसियातिरबाट आएको भन्दै जातजाति भाषाभाषीका बीचमा समाज विभाजनको धर्सो कोर्दै छन् ।

तर समयक्रमसँगै पछिल्लो चरणमा यही एशियाली भूमिमा विभिन्न भूगर्भविद्, जीववैज्ञानिक, पुरातत्वविदहरू निक्लन थाले । खोज अनुसन्धान हुन थाल्यो ठाउँ-ठाउँमा नयाँ-नयाँ तथ्यहरू फेला पर्न थालेपछि यी पुराना सीमित श्रोत-साधनमा खोजी गरेर निकालिएको अवधारणाहरू अहिले आएर खारेज हुन पुग्यो वा भैसकेको छ ।

वैज्ञानिकहरूको पछिल्लो खोजले एसियामा नै करोडौँ वर्षअघिको जीवावशेषहरू थुप्रै स्थानमा फेला परिसकेकोले एशियाली नागरिक यहीँको हो यहीँबाट ढुंगेयुग शिकारी युगमामा अन्यत्र फैलिएको हो भनेर ठोकुवा गरेर भन्न सकिने पर्याप्त सवुत पाइसकेको छ ।

भूगर्भविद्हरूको भनाइअनुसार नेपालको भूक्षेत्र भारतीय प्लेट र युरेसियाली प्लेटको सीमा क्षेत्रको हिमाली पर्वतमा अवस्थित छ, लगभग चार करोड वर्षपहिला युरेसियाली प्लेटमा भारतीय प्लेट घुसेर धस्सिन गई हिमालय पर्वत शृङ्खला बनेको मानिएको छ । त्यो धस्साइअनुसार उत्पत्ति भएर बनेको हिमालय पर्वत शृङ्खला पाकिस्तानको सिन्धु नदीदेखि भारतको आसाम राज्यसम्म करिव २४०० किलोमिटरमा फैलिएको छ ।

हाल सगरमाथा भएको ठाउँमा कुनै भौगर्भिक कालखण्डमा टेथिस नाम गरेको सागर रहेकोे पाइन्छ । त्यस समयमा दक्षिणमा रहेकोे भारतीय प्लेट उत्तरतर्फ सर्दै जाँदा युरेसियाली प्लेटतर्फ जुध्न पुगेको पाइन्छ । दबाब-शक्तिको परिणामस्वरूप दुई प्लेटको बीचमा रहेकोे भाग खुम्चने, फुट्ने, एउटा भाग अर्को भागमाथि खप्टिन जाँदा जमिनको भाग बिस्तारै माथि उठ्न गई हिमालय पर्वत बनेको विश्वास गरिएको र त्यस्तो प्रक्रिया अहिले पनि जारी रहेकोे मानिएको छ ।

भनिन्छ- भारतीय (इन्डियन) प्लेटको तल्लो भाग प्रतिवर्ष २ सेन्टिमिटरका दरले तिब्बतको तलतिर धस्सिएको र माथिल्लो ५-१५ किलोमिटरको तह खुम्चिने, चिरिने, एकअर्कामाथि खप्टने र दक्षिणतिर धकेलिने प्रक्रिया जारी रहेकोे छ । यसको पहिलो झड्का चार करोड वर्षअघि हिमाली पर्वत शृङ्खलाको निर्माण भएको मानिएको छ । दोस्रो झड्का करिव एक करोड सत्तरी लाख वर्षअघि तिब्बती सीमान्त हिमालयदेखि चार हजार मिटरको जमीन उठ्न गइ तिब्बती प्लेटको उत्पत्ति भएको मानिन्छ ।

यो एक करोड वर्षअगाडि खडा भएको तिब्बतको हिमालय पर्वतबाट हिमनदीहरू दक्षिणतर्फ मैदानी भूभाग सिँचन गर्दै सागरमा गएर विसर्जन भएको छ ।

पूर्वतर्फ प्रवाह हुने ब्रम्हपुत्र नदी तिब्बतमा साङ्पो नदी भनिन्छ, जसको अर्थ हो पवित्र नदी ! यो पवित्र नदी भारतको पूर्वतर्फ हिन्द महासागरमा गएर बिसर्जन हुन्छ भने पश्चिमतर्फको सिन्धु नदी अरब महासागारमा पुगेर विश्राम लिन्छ ।

नेपालको हिमाली पर्वतबाट प्रवाह हुने ठुला हिमनदीहरू कोशी गण्डकी कर्णाली रहेको छन् भने त्यसको अतिरिक्त स-साना नदी खोला पनि रहेकोे छ ।

यही नेपालको हिमनदी-खोलानालामा जीव उत्पत्तिको जीवावशेष (fossils)हरू पछिल्लो चरणमा जीववैज्ञानिकहरूले फेला पार्दै गइरहेको छ । लुम्बिनी प्रदेशका चुरे वा सिवालिक क्षेत्रमा यी जीवावशेष फेला परेका हुन् । सौरीखोलामा २० करोड वर्षअघिको मानिएको जिरप्फा पन्जिसिबनेन्सिस (Girraffa punjsbiensis) को दाँत रहेकोे अवशेष फेला परेको हो । त्यसैगरी तीस लाख वर्षअघि लोप भएको हात्तीको प्रजाति आर्चिडिस्किडोन प्लानिफोरन्स (Archidiskidon planifrons) को टाउको र दाराको जीवावशेष रातो खोला क्षेत्रमा पाइएको थियो ।

गिदनिया गाउँमा रातो खोलाकै क्षेत्रमा हेक्साप्रोटोडन सिभालेन्सिस (Hexaprotodon sivalensis) प्रजातिका लुप्त जलगैंडाको पाँच करोड ३३ वर्षदेखि ११ लाख वर्ष अघिसम्मको हुन सक्ने जीवावशेष फेला परेको हो । पश्चिम दाङमा १.२ करोड वर्षअघिका गैंडा र हात्तीका अवशेष पाइएका हुन् । नेपालको दाङ देउखुरी र चुरे क्षेत्रमा सन् १९६६ मा नरमानवको मात्र नभइ मानवकै पाषण युगका हतियार पाइएका छन् ।

अर्को, बुटवलको तिनाउ खोलाको पाल्पा खण्डको किनारमा सन् १९३२ मा जी. एडवार्ड लेविसले वनमान्छेको जीवावशेष करिव ९ करोडदेखि ९ करोड ५० लाख वर्षअघिको हुन सक्ने रामनरवानर (मानव पुर्खा) को पत्ता लगाएको थियो । मान्छेको बङ्गरा जस्तै देखिने टाउकाको अवशेष रामापिथेकसको मानिएको थियो । रामापिथेकस बाँदरबाट विकास भएको तर मानव भइनसकेको प्रजाति मानिएको छ । जुन लुप्त भइसकेको प्राणीको रूपमा रहेकोे मानिएको छ । उही (केदरनाथ प्रधान) तर फेरि सन् १९७५ र १९७६ तथा १९८२ मा नमुनाको अध्यनबाट यो रामापिथेकसको नभइ सिभापिथेकसको भएको मानिएको छ । यसलाई ओराङओटानको पू्र्खा भनी संशोधित नतिजा आएको पाइन्छ ।

बीबीसीको एक डकुमेन्ट्री कार्यक्रममा सगरमाथा चुचुरोमा रहेकोे चट्टानको नमुना ४ करोड वर्ष पुरानो ‘सी लिली’ (सामुन्द्रिक वनस्पतिको) को अवशेष इलेक्ट्रोनिक माइक्रोस्पबाट देखाएको थियो ।

वैज्ञानिक तथ्यहरूले मानव सभ्यता मात्रै होइन नेपालको हिमालदेखि समतल भूमि भारतवर्षसम्म करोडौँ वर्षअगाडि नै जीवको उत्पत्ति यहीँ भएको थियो भन्ने प्रमाणित गर्छ। कोही कुनै अफ्रिका अमेरिका महाद्वीपदेखि अथवा कोही ककेशिया इरान इराक वा मंगोलया चाइनादेखि शिकार खेल्दै ढुंगा हान्दै यता यो देव भूमिमा आएको होइन बरु यतैबाट उतातिर विभिन्न कालखण्डमा गएका हुन् ।

माथि नै चर्चा गरियो कि हाम्रो नेपालको सगरमाथा संसारकै सबैभन्दा अग्लो चुचुरो पनि कुनै बेला समुन्द्रको सतहभित्र थियो । त्यसैले अहिले मुस्ताङ क्षेत्र तथा कालीगण्डकी किनारमा पाइने Ammonite Fossil अर्थात् सालिग्राम पत्थरमा कोरिएको करोडौँ वर्ष पुरानो जीवावशेष यसको पुख्त प्रमाण हो । एमोनाइटस ४ करोड वर्ष पहिले गहिरो समुन्द्रको पिँधमा अस्तित्वमा आएका जीव हुन्, हाल पाइने स्क्वीड र कटलफिस यसको नजिकको नातेदार हो । करिव ६.५ करोड वर्षपहिले पर्यावरणमा देखापरेको परिवर्तनले आहारा मासिएपछि आफ्ना अवशेष मात्रै प्रशस्त छाडेर यी जीव लोप भए, लगभग डायनोसर लोप भएकै समयमा लोप हुन पुगेको हो ।

यी सबै वैज्ञानिक आधारहरूले के दर्शाउँछ भने नेपाल भलै भूगोलको आधारमा सानु खण्ड होला तर यही हिमवत खण्डमा नै करोडौँ वर्षअघि नै जीवको उत्पति भएको रहेकोे पुख्त अकाट्य प्रमाण छ । काठमाडौं उपत्यकाभित्र बुढानीलकण्ठ धोवीखोलामा ३० हजार वर्ष पुरानो ढुंगे हतियार फेलापरेको थियो भने नेपालको यहीँ छिमेकी भारत र चीनमा प्राप्त भएको होमो इरेक्टस् मानवको जीवावशेष फेला परेपछि जीव उत्पत्तिको पुरानो अवधारणा स्वतः खारेज भैसकेको छ ।

चीनमा जीव वैज्ञानिक हरूले जीवाश्मको आकारप्रकारको आधारमा पेकिङ मानव, नानजिङ मानव, यु वान माओ मानव, र वु सान मानवको नामकरण गरेको छ । वु सान मानवको कार्वन डेटिङ गर्दा २.४ मिलियन वर्ष पुरानो भन्ने पत्ता लाग्यो भने त्यस्तै नेपालसँग जोडिएको छिमेकी भारतको नर्मदा नदीको किनारमा सन् १९८२ मा होमो इरेक्टस्को लाखौँ वर्ष पुरानो तालुको हाड फेला परेको थियो, जसलाई जीववैज्ञानिकहरूले नर्मदा म्यान उपमा दिएका छन् ।

यी सबै वैज्ञानिक तथ्यहरूले मानव सभ्यता मात्रै होइन नेपालको हिमालदेखि समतल भूमि भारतवर्षसम्म करोडौँ वर्षअगाडि नै जीवको उत्पत्ति यहीँ भएको थियो भन्ने प्रमाणित गर्छ। कोही कुनै अफ्रिका अमेरिका महाद्वीपदेखि अथवा कोही ककेशिया इरान इराक वा मंगोलया चाइनादेखि शिकार खेल्दै ढुंगा हान्दै यता यो देव भूमिमा आएको होइन बरु यतैबाट उतातिर विभिन्न कालखण्डमा गएका हुन् ।

वैज्ञानिकहरूको भनाइअनुसार यूरोपमा लामो समय सम्म हिमयुग रहेको थियो धेरै पछि मात्रै हिउँ पग्लेर भूमि निक्लेर बोटबिरुवा जीवजन्तु बस्ने वातावरण तयार भएको हो । त्यसैले जीव उत्पत्तिको त कुरै भएन बिस्तारै त्यहाँ पूर्वबाट नै मानव आवाद हुन पुगेको प्रष्ट देखिन्छ ।

अतः हाम्रो देश भूगोलमा सानु होला तर यहाँको हिमाल पहाड तराइको भूभागमा पृथ्वीमा करोडौँ वर्षअगाडिदेखि जीवको उत्पत्तिदेखिको इतिहास पाइन्छ, त्यसैले हामी यो नेपाल आमाको शरणार्थी हामी होइनौँ । यो भूमि हाम्रो हो हामी सबै नेपालीको हो ।

अब मसँग तर्क गर्ने वा मलाई प्रश्न गर्नेको जवाफ सम्भवतः सबै मिलिसक्यो होला । त्यति मात्रै नभइ अर्को जवाफ पनि पाइसक्यो होला । बुटवलको तिनाउ खोलामा पाएका टाउकाको अवशेष रामापिथेकसलाई हाम्रो मंगोलको पू्र्खाको हो भन्दै उफ्रनेहरूले त्यो सन् १९७५ र १९७६ तथा १९८२ मा जीववैज्ञानिकहरूले त्यसको नमुनाको अध्यनबाट यो रामापिथेकसको नभई सिभापिथेकसको भएको पुष्टि गरिसकेको छ । सिभापिथेकस भनेको चिम्पान्जी ओराङओटानको वंश हो मानव वंश होइन, त्यसैले अब पनि चिन्पाजीलाई पू्र्खा भन्दै उफ्रने गर्छौ कि मान्छे बन्न थाल्छौ स्वाँठहरू ?

श्रोत :
Sharma Dilli Raj -1998_, archaeological Remains of the Dang valley, Ancient Nepal number 106.june –july

– httpM//www.paleophilatelie.eu/description/stamps/nepal_2013/htm

Crovinus,Gudurn and Avinash C.Nanda-1994_ Stratigraphy and paleontology of the Siwalik Group of Surai Khola and Rato Khola in Nepal, E, Schweizerbartsche Verlagsbuchhandlung,D–70176 Stuttgart

– गण्डकी प्रदेशको स्रोत नक्साङ्न, २०७५