राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेश उपनिर्वाचनमा पाण्डेय विजयी

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेश उपनिर्वाचनमा पाण्डेय विजयी



लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । पाण्डेयले ५४६ मतभार अन्तरले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पछि पारेका हुन् । उनले स्थानीय तहतर्फ २१२४ मत भार र प्रदेशतर्फ मतभार २०१६ प्राप्त गरेका छन् ।

यस्तै, एमाले उम्मेदवार खड्काले स्थानीय तह र प्रदेशतर्फ १९२० मतभार प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो भने खड्कालाई एमाले, महन्त ठाकुर समूहलगायतकाको समर्थन रहेको थियो ।

यसअघि पनि एमालेबाट जितेर प्रदेशसभा सदस्य रहेका पाण्डेयले हालै राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।