२९ भाद्र २०७८, मंगलवार

‘कोरोनाको भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

  प्रकाशित मिति
१६ जेष्ठ २०७८, आईतवार १६:५३



भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्न सक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्न सक्ने खालको रहेको बताएका सिन्ह्वाले जनाएको छ । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाक रूप लिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

माधवलाई नेता गुरुङको कटाक्ष-‘एमालेको महासागरबाट दुई लोटा पानी लगेर ओली सिध्याएँ भन्नु मुर्खतापूर्ण’ नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेशका

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका

लिग-२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग-२ का शीर्ष

स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले