राजसंस्था र हिन्दू राष्ट्रको माग बढेको अध्यक्ष राणाको जिकिर

राजसंस्था र हिन्दू राष्ट्रको माग बढेको अध्यक्ष राणाको जिकिर



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो क्रममा रहेको जिकिर गरेका छन् ।

राप्रपाको ३१औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दू राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।

सन्देशमार्फत् अध्यक्ष राणाले विधि, संविधान र लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा शनिबार जारी सन्देशमा उनले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकमा शुभकामना व्यक्त गरेका छन् ।