कार्यकारिणी समिति बैठक नडाकिएको महन्थ ठाकुरको प्रष्टोक्ति

कार्यकारिणी समिति बैठक नडाकिएको महन्थ ठाकुरको प्रष्टोक्ति



विभाजनको दिशामा जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको स्पष्ट पारेका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी जसपाको कुनै पनि बैठक नडाकिएको बताएका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ ।

महन्थ ठाकुर पक्षले बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्ट (१ जेष्ठ) उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको थियो । केपी ओली सकारलाई विश्वासको मत दिने सन्दर्भमा जसपा विभाजित भएको थियो ।

दुई समूहबीच यसरी एकाएक शुरु भएको रस्साकस्सीले जनता समाजवादी पार्टी औपचारिक विभाजनको दिशामा अघि बढेको अनुमान गर्न थालिएको छ ।