आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेष्ठ २०७८ शनिबार १५ मे २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेष्ठ २०७८ शनिबार १५ मे २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ श्री सूर्योत्तरायणे ग्रीष्मऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ जेष्ठ १ गते तद् अनुसार सन् २०२ १मे १५ तारिख शनिबार वैशाख शुक्लपक्ष तृतीया तिथि ५ः४३ पर चतुर्थी तिथि मृगशिरा नक्षत्र ६ः४२ पर आर्द्रा नक्षत्र धृति योग वणि करण आनन्दादिमा बज्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १८ः४५ मा हुनेछ । ज्येष्ठ संक्रान्ति, ल.पु. मत्स्येन्द्रनाथ रथयात्रारम्भ ।

आजको राशिफल

मेष – समय शुभ र सफलता छ । विकासको नयाँ सम्भावना देखापर्ने छ । मान–पुरस्कार मिल्ला । आरोग्यता र प्रशन्नता बढ्नेछ । आर्य आर्जन होला, सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण हुने सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

बृष – आशा उत्साह बढ्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भै अरुको भर नपरी आफ्नै बलविवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

मिथुन – सोचीविचारी काम गर्नुपर्ला । अन्नधन बढ्ने र आयस्रोत वृद्धि हुनेछ । रोकिएको धन पनि उठ्ने समय छ । आशा उत्साह बढ्ला, नयाँ काममा सफलताको लागि विशेष ध्यान दिन आवश्यक छ ।

कर्कट – मान पुरस्कार मिल्नेछ । आय वृद्धि होला । यश वर्चश्वमा वृद्धि हुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । यात्रामा सफलता मिल्नेछ । आंट उत्साह बढ्ला । प्रयासरत काम बन्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आरोग्यता वृद्धि होला ।

सिंह – पारिवारिक सुख शान्ति बढ्नेछ । सम्मान मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग प्राप्त होला । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।

कन्या – व्यस्तता र खर्च बढ्नेछ । यात्रा होला । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । मित्रजन सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला – धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ने र लगानी उठ्ने बेला छ । यात्रामा सफलता मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । मित्रजनको साथ मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु – धर्मपथमा सफलता मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग रहला । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्नेछ ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।