प्रचण्डसँगको छलफलपछि बसेको कांग्रेस पदाधिकारी बैठकले के निर्णय गऱ्यो ?

प्रचण्डसँगको छलफलपछि बसेको कांग्रेस पदाधिकारी बैठकले के निर्णय गऱ्यो ?



नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको दाबी गर्ने भएको छ । देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले माओवादी केन्द्र, जसपा र माधव समूहको समेत सहयोग लिएर सरकार बनाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् ।

कांग्रेस पदाधिकारी एवम् पूर्वपदाधिकारी सहभागी बैठकले माओवादी केन्द्र र जसपाको सहयोगमा आफ्नै नेतृत्वमा सरकार गठनको दाबी गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिद्वारा संविधानको ७६ (२) अनुसार सरकार गठनको समय दिइएको स्मरण गराउँदै सहमहामन्त्री महतले माओवादी केन्द्र र जसपाको सहयोगमा कांग्रेसले नै सरकार गठनको दाबी गर्ने जिकिर गरे ।

नेता महतले आवश्यक समर्थन जुटाउन कांग्रेसले कसरत शुरु गरेको बताए ।

ज्ञातव्य छ, मंगलबार अपरान्ह पदाधिकारी बैठक बस्नुअघि कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग गठबन्धन सरकार गठनको विषयमा छलफल गरेका थिए ।