३० जेष्ठ २०७८, आईतवार

राजनीतिक छलफलका लागि कांग्रेस पदाधिकारी बैठक बस्दै

  प्रकाशित मिति
२८ बैशाख २०७८, मंगलवार ०७:१३



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने पार्टीसभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमबार प्रतिनिधिसभामा पेश गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेको परिवेशमा कांग्रेसले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको हो ।

विश्वासको मत अस्वीकृत भएसँगै कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत बहुमतको सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।

file photo



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

शिक्षक, वकिल हुँदै कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीसम्मको यात्रा बाबु गोबर्द्धन शर्मा राणाशासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबर्द्धन शर्मा नेपाली