प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाए

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाए



प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाएका छन् । प्रम ओलीको विपक्षमा १२४ मत खसेको छ ।

विश्वासको मतका लागि १३६ सदस्यको मत आवश्यक पर्दछ, तर त्यो प्राप्त गर्न नसकेपछि ओली प्रधानमन्त्री पदबाट मुक्त भएका छन् ।

संसदमा माधव नेपाल पक्षका २८ जना सांसदहरु सामूहिक रुपमा ह्वीप उल्लंघन गर्दै अनुपस्थित भए भने नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर पक्षका १५ जना सांसद भने तटस्थ बसेका छन् ।

एमालेको नेपाल पक्ष अनुपस्थित र जसपाका सांसदहरुले दुई लाइनमा मत दिएपछि दुवै दल पनि औपचारिक विभाजनको प्रक्रियामा प्रवेश गरेका छन् ।

केपी ओलीले विश्वासको मत नपाएसँगै अब नयाँ सरकार गठनको ढोका खुलेको छ ।