बाघको आक्रमणबाट घाइते

बाघको आक्रमणबाट घाइते


पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् ।

शुक्रबार स्थानीय प्यारीढाप भन्ने स्थानमा भैँसी चराउन गएको बखत उनलाई बाघले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका राईलाई राति गएराति १०ः२५ बजे भरतपुरस्थित पुरानो मेडिकल कलेज लगी त्यहाँ उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।