निषेधाज्ञा अवज्ञा गर्ने सवारीसाधनमाथि कारवाही

निषेधाज्ञा अवज्ञा गर्ने सवारीसाधनमाथि कारवाही


  • कपिलवस्तु प्रतिनिधि

कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो दिन निषेधाज्ञाको अवज्ञा गर्ने सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ।

लकडाउन उलंघन गरि आफूखुसी सवारी साधनमा आवतजावत गर्ने मोटरसाइकल १ सय १, अटोरिक्सा १२, ट्याक्टर १७ र बस १ गरी जम्मा १३१ सवारी साधनहरु निषेधाज्ञाको अवज्ञा गरेकाले नियन्त्रणमा लिई तोकिएको कानूनबमोजिम आवश्यक कारवाही गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

अनावश्यक हिँडडुल गर्ने सयभन्दा बढी व्यक्तिहरुलाई सम्झाइबुझाइ, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई अनिवार्य मास्क गर्न अनुरोध गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

हाल विश्वकै अवस्था जीवनमरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि हामी केही समय घरभित्रै रहेर साथ र सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कपिलवस्तु हार्दिक अपिल समेत गरेको छ ।