मलाई चाहिन्छ

मलाई चाहिन्छ


  • मोहनकृष्ण होमागाईं


मलाई स्योस् र सर होइन
तिमी र घर चाहिन्छ
मलाई म्याम र मिस्टर होइन
ब्रदर र सिस्टर चाहिन्छ
मलाई सम्मानको हजुर होइन
माया र सफलताको हजुर चाहिन्छ
मलाई मम, ड्याड र सोम होइन
माता पिता र ॐ चाहिन्छ
मैले पितृबाट सिकेको छु
त्यस्तै मृदुल भाषा चाहिन्छ
तिमीले साडी र कोट फेरे
केही छैन मलाई
तर भाषा र संस्कृति फेर्न
कहाँ पाइन्छ ?
मलाई पर आश्रय र सभ्यताको ढोँग होइन
स्वावलम्बी र उदार संस्कृतिको रङ्ग चाहिन्छ
अभावको लालच देखाइ धार्मिक हुने कुष्ठा होइन
खरिद बिक्री र त्रासदीको बाहेक
हर धर्म श्रेय छ मलाई
तिम्रो शब्दहरूमा निर्ममता होइन प्रेमको उकण्ड चाहिन्छ
मेरो धर्मका हरेक ऋचा, स्लोक र सारहरूमा
आमाको स्तनपानको सरसता छ प्रिय
यो धर्मको मर्म बुझेर पिउने कण्ठ चाहिन्छ ।

  • काभ्रे, हाल : जर्मनी