आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०७८ शनिबार ८ मे २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०७८ शनिबार ८ मे २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वसन्त ऋतु वि.सं. २०७८ बैशाख २५ गते शनिबार तद्अनुसार सन् २०२१ मे ८ तारिख बैशाख कृष्णपक्ष द्वादशी तिथि उत्तराभाद्रपद नक्षत्र विषकुम्भ योग कौलव करण २:१९ पर गर करण आनन्दादिमा धुम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशिल रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५:२१ बजे भयो र सूर्यास्त साँझ १८:४१ बजे हुनेछ । रेडक्रस दिवस ।

आजको राशिफल

मेष – दौडधुप एवम् व्यस्तता जारी रहनेछ । जोखिममा पर्नुबाट बच्नुहोला । सार्वजनिक स्तरमा सम्मान र गौरव हासिल होला । खर्च भने बढ्नेछ । घरपरिवारको साथ मिल्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । धनको आवागमन भैरहनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । विलासमा पनि रुचि बढ्नेछ । विजय मिल्नेछ । ऋण रोग र शत्रुप्रति सजग नै रहनु हितकर होला ।

बृष – लाभ वृद्धि हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन – कार्य सफल होला । प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ । उन्नति हुनेछ । हाकिमको साथ प्राप्त होला । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मन अनुकूल कार्य बनेर मन प्रशन्न रहनेछ । सुखसुविधाको बस्तुमा खर्च बढ्नेछ ।

कर्कट – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दूरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – दौडधुप बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । स्वास्थ्यमा लापर्वाही नगर्नु हितकर रहनेछ । यात्रामा पनि लापर्वाही गर्नुबाट जोगिनुहोला । अरुको भरमा नबस्नु बेस होला ।

कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । रसविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि होला । यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।

वृश्चिक – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । मित्रजनको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । सफलताको निम्ति धैर्य र संयमले काम गर्नुहोला ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु हितकर रहला । अरुको भरमा बस्नु र बिबादमा पर्नु उचित हुने छैन । रस-विलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिम उठाउने कार्यप्रति सचेत रहनुपर्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन-प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । ऐश्वर्य बढ्नेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा-समारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुखशान्ति बढ्ला ।

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख-सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्ततिसुख बढ्ला ।