रुपन्देहीमा संक्रमित थपिने दर तीव्र भएपछि निषेधाज्ञामा थप कडाइ

रुपन्देहीमा संक्रमित थपिने दर तीव्र भएपछि निषेधाज्ञामा थप कडाइ


  • भैरहवा प्रतिनिधि

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञालाई थप कडाइ गरेको छ ।

जिल्लामा कोभिड नयाँ भेरियन्टको संक्रमण तीव्र भइ धेरै नागरिकले मृत्युवरण गर्नु परेको र कोरोना संक्रमित थपिने दर वृद्धि भइ परिस्थिति गम्भीर भएपछि निषेधाज्ञालाई थप कडा गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले बैशाख ३० गते बिहान ६ बजेसम्म जारी भएको निषेधाज्ञामा अत्यावश्यक र मानविय सेवा प्रवाहका लागि हरेक बैक, वित्तीय संस्थाले १-१ जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैक र वित्तीय सस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै, पूर्वाधार एव विकास निर्माण सम्बन्धमा निर्माण स्थलमा क्वारेन्टिनमा रहेरबाहेक सबै विकास निर्माण बन्द गर्ने, खाद्यान्नलगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका सबै उद्योग अर्को निर्णय नहुँदासम्मको लागि बन्द गर्ने, हरियो तरकारी एवं कृषि उपज उत्पादक र उपभोक्ताबीच कृषि एम्बुलेन्समार्फत स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।