अष्ट्रेलियामा विवेकशील साझा गठन

अष्ट्रेलियामा विवेकशील साझा गठन


  • राजन घिमिरे

अष्ट्रेलियामा रहेका उत्साही युवाहरूको जमर्कोमा विवेकशील साझा अष्ट्रेलिया सद्भाभाव समूह गठन भएको छ ।

विवेकशील साझा अष्ट्रेलियाको संयोजकमा राजकुमार थापा रहेका छन् भने लोकेश भण्डारीले सहसंयोजकको जिम्मेवारी पाएका छन् । ईश्वर कुईंकेल सल्लाहकार रहेको विवेकशील साझा अष्ट्रेलियाका महासचिवमा रोशन भट्टराई रहेका छन् ।

यसैगरी, एनएस डब्ल्यू स्टेट संयोजकमा गोपाल सुवेदी रहेका छन् भने एसीटी स्टेट संयोजकमा सुदर्शन तिवारी र भिक्टोरिया स्टेट संयोजकमा हेमराज पौडेल रहेको जानकारी संयोजक राजकुमार थापाले दिए ।

वैकल्पिक राजनितीले केही गर्नुपर्छ भन्ने सोचले नै अष्ट्रेलियामा विवेकशील गठन गरिएको र प्रबासबाट साथ, सहयोग अनि सल्लाह उपलब्ध गराउनु आफूहरुको उद्देश्य रहेको महासचिव भट्टराईको भनाइ छ । यो सबैको साझा संस्था रहेको पनि उनले बताए ।