पूर्वमन्त्री मोती पहाडीको कोरोना संक्रमणबाट मृत्यु

पूर्वमन्त्री मोती पहाडीको कोरोना संक्रमणबाट मृत्यु



कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित पहाडी कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिएका छन् ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

symbolic image