ध्रुव दत्तलाई उत्कृष्ट अभिनेताको अवार्ड

ध्रुव दत्तलाई उत्कृष्ट अभिनेताको अवार्ड


  • राजन घिमिरे

काठमाडौंमा सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता ध्रुव दत्त उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भएका छन् । ध्रुव दत्तले बेलायतमा निर्मित सर्ट फिल्म ‘सहारा’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

बेलायतमा रहेर कलाकारितामा सक्रिय अभिनेता ध्रुव दत्तले तीन घुम्ती, आवेग, वीरताको चिनो लगायतका दर्जन बढी ठूलो पर्दाका फिल्ममा अभिनय गरिसकेका छन् । कुशल अभिनय गरेर दर्शकको मन जित्न सफल उनी प्रवासमा रहेर पनि निरन्तर रुपमा कलारितामा सक्रिय रहँदै आएका सीमित कलाकारमध्ये पर्दछन् ।

नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता खनालले पहिलो निर्देशन कार्यमै उक्त अवार्ड जितेका हुन् ।

नेपाल सर्ट फिल्म प्रतियोगितामा १९ वटा सर्ट फिल्म सहभागी थिए ।