जापानमा कोभिडसम्बन्धी गम्भीर बिरामीको संख्या वृद्धि

जापानमा कोभिडसम्बन्धी गम्भीर बिरामीको संख्या वृद्धि


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

हरेक दिन कोभिड-१९ संक्रमणका घटना बढ्दै जाँदा जापानमा गम्भीर बिरामीको संख्याले खराब कीर्तिमान बनाएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि गम्भीर लक्षण भएका कोरोना भाइरस बिरामीहरुको संख्या बुधबार १ हजार १ सय १४ पुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक हो ।

मन्त्रालयका अनुसार पहिलो पटक देशमा कोरोना संक्रमण भएर चिन्तजनक अवस्थामा पुगेका बिरामीको संख्या ११ सय नाघेको छ । आंकडाअनुसार अघिल्लो दिनको तुलनामा बुधवार गम्भीर अवस्थामा पुग्ने बिरामीको संख्या ३१ जनाले बढेको छ । सोमबार यो संख्या १,०८४ रहेको थियो ।

जापानमा बुधवार रात ९ बजेसम्ममा कोरोना भाइरसबाट ४ हजार ७१ जना संक्रमित भएका छन् । यसैगरि ६० जना कोभिड-१ ९ संक्रमित बिरामीको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।