२ जेष्ठ २०७८, आईतवार

बैतडीमा भएको जिप दुर्घटनामा मृतक सङ्ख्या ६ पुग्यो

  प्रकाशित मिति
२२ बैशाख २०७८, बुधबार ०५:३४



बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पञ्चेश्वर गाउँपालिका-६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको बैतडीका प्रहरीले जनाएको छ ।

प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको हो । यसअघि पञ्चेश्वर-६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर-६ रोडिदेवलको गणमेश्वर मन्दिरनजिकै दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीस वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा सिफारिस गरिएको छ । घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीमा मोड्न नसकेपछि ब्याक गर्दा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । वडा सदस्यको मृत्युले शोकमा डुबेको रोडिदेवल गाउँ थप ६ जनाको दुर्घटनामा परी मृत्यु भएसँगै थप शोकमा डुबेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कपिलवस्तु प्रतिनिधि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारसँग सहकार्य

राजन घिमिरे कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच

राजन घिमिरे प्रबासी जीवन त्यति सहज र सरल छैन । प्रबासमा रहँदा अधिकांशको सपना हुन्छ धन कमाउने । यो सपना

हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार