२ जेष्ठ २०७८, आईतवार

गोर्खा सत्याग्रह अभियानद्वारा बेलायती प्रधानमन्त्रीलाई ‘चेतावनी’ पत्र

  प्रकाशित मिति
२२ बैशाख २०७८, बुधबार ०१:५५



बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम्बोधन नगरिएको गोर्खा सत्याग्रह अभियानका संयोजक कृष्णकुमार राईले गुनासो गरेका छन् ।

संयोजक राईका अनुसार ज्ञापनपत्रमा बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका मागलाई सम्बोधन गर्न नेपाल तथा बेलायती सरकारबीच एक वार्ता समिति गठन गर्न, वार्तास्थल तोक्न तथा वार्तासमेत शुरु गर्न माग गरिएको छ । पत्रमा आगामी जुलाई १ सम्ममा मागहरु सम्बोधन नगरिए आमरण अनशन बस्ने चेतावनी दिइएको छ ।

सो पत्रमा गोर्खा सैनिकहरुले ब्रिटिश इन्डिया र बेलायती सरकारका लागि गरेको बलिदानीको प्रशंसा गर्ने गरिएको तर त्यसअनुसारको व्यवहार नभएको उल्लेख गरिएको छ ।

अभियानका निर्देशक ज्ञानराज राईले भनेका छन्, ‘हामीले तीन वर्ष पर्खिसक्यौँ, यही बीचमा बेलायतमै कति गोर्खालीको निधन भइसक्यो, हामी मर्न तयार छौँ, अब थप पर्खन सक्दैनौँ, समान अधिकार पाए धेरै नेपाली नेपाल फर्कन चाहन्छन् ।’

सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरुलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको बताउँदै आएका छन् । गत मार्च महिनामा पनि गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खा विभागको पहलमा गोर्खा सत्याग्रह, गेसो, बीजीडब्लुएसलगायत ६ वटा गोर्खा सङ्गठनले बेलायती प्रधानमन्त्री तथा नेपाल सरकारलाई दुई देशबीच वार्ता शुरु गर्न माग गर्दै छुट्टाछुट्टै ज्ञापनपत्र पठाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग

कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७३६८

भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोना भाइरसको