‘महामारीको विषम परिस्थितिमा गोदरेजको भाइरोसिल्ड उपयुक्त’

‘महामारीको विषम परिस्थितिमा गोदरेजको भाइरोसिल्ड उपयुक्त’


हाल कोभिड-१९ को संक्रमण तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवाप्रदानरत संघ/संस्थाहरूमा आफ्नो वरिपरि रहेका सामानलाई जीवाणुरहित बनाउन गोदरेजको भाइरोसिल्ड उपयुक्त मानिएको छ ।

२ देखि ६ मिनेटभित्रमा भाइरोसिल्डले युभी-सी रेमार्फत ९९ प्रतिशतभन्दा बढी कोरोना भाइरसको सुक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने चौधरी ग्रुपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बालबालिकाले खेल्ने कुराहरू आदि राख्न सकिन्छ । भाइरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिले तापनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरू भने राख्नु हुँदैन ।

आइसीएमआर ल्याबद्वारा सर्टिफाइड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा एक वर्षको वारेन्टी पनि रहेको छ ।

कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको र हामी मात्र नभइ हाम्रा सरसामाग्रीहरू पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाइरोसिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ । यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएल प्रा.लि.ले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

विस्तृत जानकारीका लागि लगइन गर्नुहोस्-

https://bit.ly/3gYicsP