२५ बैशाख २०७८, शनिबार

रहेनन् न्यायपरिषद्का सदस्य निराला

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार ०९:३२



न्यायपरिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । महान्यायाधविक्ताको जिम्मेवारीमा समेत रहिसकेका खड्कालाई कोभिड-१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणकै कारण निरालाको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

जनकपुरमा जन्म भए पनि काठमाडौंको गौरीघाट बस्दै आएका निरालाको कानून र न्यायका क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट २०७६ पुसमा उनलाई न्यायपरिषद् सदस्यको जिम्मेवारी प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए