२५ बैशाख २०७८, शनिबार

अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार ०९:०८



अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो ।

ट्रम्पको उक्त कदमले शरणार्थीलाई दिइने प्रवेशमा गरिएको कडाइका कारण विश्व समुदायले अमेरिकालाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको भन्दै वर्तमान अमेरिकी राष्ट्रपति बाइडेनकै ‘डिमोक्र्याटिक पार्टी’का उदारवादी नेताहरूको दबाबपछि सोमबार यो निर्णय आएको हो ।

डिमोक्र्याटिक पार्टीभित्रका प्रगतिशील तथा शरणार्थी निकायहरूले वार्षिक रूपमा प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्या १५ हजार नै राख्नु अमानवीय रहेको भन्दै तीव्र आलोचना गरेका थिए ।

बाइडेनले सङ्ख्या बढाउने घोषणा गर्दै भनेका छन्, ‘न्यूनतम मात्राले अमेरिकी मूल्य-मान्यताको प्रतिनिधित्व गर्दैन ।’ धेरै आप्रवासीलाई प्रवेश दिँदा मेक्सिको-अमेरिका सीमा क्षेत्रमा आप्रवासीहरुको सङ्ख्या बढ्न सक्ने चिन्ता राष्ट्रपति बाइडेनले व्यक्त गरे पनि आफ्नै दलका नेताहरूको दाबपछि बाइडेनले यो निर्णय गर्नुभएको विभिन्न विज्ञहरूको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सोमबार वार्षिक शरणार्थीको संख्या ६२ हजार पाँच सय बनाउने घोषणा गर्दै बाइडेनले पूर्वराष्ट्रपति ट्रम्पले तय गरेको इतिहासकै कम संख्याको नीतिलाई यसले मेटाएको बताएका छन् ।

आउँदो वर्ष वार्षिक रुपमा प्रवेश गर्न दिने शरणार्थीको सङ्ख्या एक लाख २५ हजार बनाउने योजना आफ्नो प्रशासनको रहेको पनि बाइडेनले खुलासा गरेका छन् । तर अघिल्लो प्रशासनले शरणार्थीका सम्बन्धमा गरेका खराब निर्णयका कारण भएको क्षति मिलाउने क्रममा यो वर्ष वा अर्को वर्षको लक्ष्य पूरा गर्न भने कठिन भएको र यो तितो यथार्थ रहेको उनको भनाइ छ ।

अमेरिकाको शरणार्थी व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार गत अक्टोबरदेखि मार्चसम्ममा करिब दुई हजार शरणार्थी मात्रै अमेरिका प्रवेश गरेका छन् ।

बाइडेनले शरणार्थी प्रवेश वृद्धिका लागि सरकारी निर्णयमा हस्ताक्षर गर्नुपूर्व भनेका छन्, “अनुमति विश्वले शरणार्थीहरूको दिमागमा कुनै शङ्का उब्जाउने अवस्था हटाउनको लागि आज यो कदम चाल्नु आफ्नो नयाँ जीवनको लागि पर्खिरहेका आप्रबासी शरणार्थीको लागी महत्वपूर्ण हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजन घिमिरे कालजयी गायक एवम् संगीतकार प्रेमध्वज प्रधानले अब घुम्तीमा नआउ भनेर आग्रह गर्नुहुने छैन, न त गोरेटोतर्फ नै भेटिनुहुनेछ

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका