२५ बैशाख २०७८, शनिबार

पत्रकार महासंघ कपिलवस्तुले बनायो पाँच बेडको आइसोलेशन सेन्टर

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार ०६:३४


  • कपिलवस्तु प्रतिनिधि

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र पाँच बेडको आइसोलेशन सेन्टर तयार पारेको छ ।

केन्द्रको निर्देशनबमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधीसहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिनुभयो ।

यसका लागि तौलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री औषधी र कपिलवस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।

आइसोलेशन सेन्टर निर्माणकार्यमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, प्रदेश सदस्य गोपाल भण्डारी, कपिलवस्तु कार्यसमितिका पदाधिकारी लगायतकाले सहयोग गरेको अध्यक्ष बज्राचार्यले बताउनुभयो ।

आइसोलेसनमा कोभिड संक्रमण भएका पत्रकारलाई प्राथमिकता दिइने तर खाली रहेको अवस्थामा अरु नागरिकका लागि आवश्यक भए शैय्या उपलब्ध गराइने अध्यक्ष बज्राचार्यको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

विशेष प्रतिनिधि, दाङ दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने