२५ बैशाख २०७८, शनिबार

सुस्ता टोलमा सशस्त्र प्रहरीद्वारा जनचेतना कार्यक्रम

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १५:०७


  • आरपी उपाध्याय, नवलपरासी

लुम्बिनी प्रदेशकै विकट स्थानको रुपमा परिचित पश्चिम नवलपरासीको सुस्ता टोलमा सशस्त्र प्रहरी बलले कोभिड-१९ को विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ।

सुस्ता गाउँपालिका-५ स्थित सुस्ता टोलमा सशस्त्र प्रहरी बल सुस्ता बीओपीले नयाँ भेरियन्टसहितको कोभिड-१९ माहामारी सङक्रमण नियन्त्रण तथा रोकथामको लागि पम्प्लेट, प्लेकार्ड देखाउनुको साथै अडियो रेकर्ड सुनाएर रोगबाट बच्न सुरक्षाको मापदण्ड अपनाउन सचेतना जगाउने कार्यक्रम गरेको सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी २६ नं. गणका गणपति महेश अधिकारीले जानकारी दिनुभयो ।

गरिबी, अशिक्षा र भौगोलिक विकटताले चुलिएको सुस्ता टोलमा सशस्त्र प्रहरी बल सुस्ता बीओपीले स्वास्थ्य सचेतना गराउनुका साथै २५० व्यक्तिलाई माक्स वितरण गरेको थियो । पुर्व, दक्षिण, भारत, उत्तर र पश्चिममा नारायणी नदी रहेको सुस्ता टोलमा हाल ३११० नेपालीहरुको बसोबास रहँदै आएको छ ।

सशस्त्र प्रहरी बल सुस्ता बीओपीद्वारा गरिएको कोभिड-१९ विरुद्धको जनचेतनामूलक कार्यक्रममा सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ, सुस्ता गाउँपालिका वडा नं. ५ का वडा सदस्य एवम् सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानसहित सशस्त्र प्रहरी बलका जनशक्ति र सुस्ता टोलका सर्वसाधारणहरुको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए