२५ बैशाख २०७८, शनिबार

थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टि, मृतक संख्या ३३६२

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १४:१०


नेपालमा सोमबार ७,४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार कोरोना महामारीको पछिल्लो लहरमा यो संख्या हालसम्मकै उच्च हो । आइतबार ७,२११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

अब नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३,४३,४१८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३,३६२ पुगेको छ।

काठमाडौं उपत्यकामा एकै दिन ३,६६६ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २,९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३,६६६ कोरोना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ताको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए