२५ बैशाख २०७८, शनिबार

अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुरोध

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १३:१७


सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएको जनाउँदै गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा, १०० को उपधारा, ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले अधिवेशन आह्वान गरिएको हो भने प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएकाले उक्त मिति, समय र स्थानमा प्रतिनिधिसभा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

विशेष प्रतिनिधि, दाङ दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने