२५ बैशाख २०७८, शनिबार

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा पोखरेल नियुक्त गरिएपछि देउवाले भने- ‘घटना अलोकतान्त्रिक !’

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार ००:४७


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाएका छन् । सो घटनाले संविधानको उल्लङ्घन भएको देउवाको आरोप छ ।

सभापति देउवाले विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकीर गर्दै पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाएका हुन् ।

नेपालको संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघिबढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याइ राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्य-मान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको तर्क छ ।

ज्ञातव्य छ, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शङ्कर पोखरेललाई नै पुनः नियुक्ति दिइएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभामा बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दावी पेश गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामालगत्तै उनको पुनर्नियुक्तिको प्रक्रिया सञ्चालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजन घिमिरे कालजयी गायक एवम् संगीतकार प्रेमध्वज प्रधानले अब घुम्तीमा नआउ भनेर आग्रह गर्नुहुने छैन, न त गोरेटोतर्फ नै भेटिनुहुनेछ

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका