२५ बैशाख २०७८, शनिबार

विप्लवनेतृत्वको नेकपाका केन्द्रीय नेता माइला लामा रिहा

  प्रकाशित मिति
१७ बैशाख २०७८, शुक्रबार ०२:२८



सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीनबुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा भएका हुन् । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए ।

नेता लामा विसं २०७६ साउन ५ गते काठमाडौंबाट पक्राउ परेका हुन् । लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो । जिल्ला अदालत चैनपुरले सङ्गठित रूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो ।

विप्लव समूहले आफ्ना नेता-कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । नेता लामालाई परिवारको जिम्मामा छाडिएको छ ।

नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासङ्घको अध्यक्षसमेत थिए । तर पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए । माओवादी जनयुद्धको क्रममा उनका हातका केही औँलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको बताइन्छ । उनले सयौँ क्रान्तिकारी गीत गाएका छन् भने उनले सङ्गीत दिएका धेरै गीतमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो