२५ बैशाख २०७८, शनिबार

यौन दूराचार रोक्न राज्यले यस्तो प्रयत्न किन नगर्ने ?

  प्रकाशित मिति
१८ बैशाख २०७८, शनिबार ०३:३९


  • मोहनप्रसाद खतिवडा

जीवन बाँच्नको लागि खानाको जरुरत पर्दछ, आँखाको लागि सुन्दरता, मनको लागि शान्ति । हामीसँग भएका जनेन्द्रीय र कर्मेन्द्रीयहरूका आ–आफ्नै कामहरू छन् । मानव सभ्यताको विकासक्रमसँगै सम्भोगका चाहना पनि विभिन्न तौरतरिका हतकण्डाहरूबाट पूरा गर्दै आएका भेटिन्छन् पनि ।

मानवको अत्यावश्यक या नैसर्गिक अधिकार नै मान्नु पर्दछ यौन सम्बन्धलाई । युवायुवतीहरूमा मन मिलेपछि विवाहअघि सहमतिमा हुने यौन सम्बन्धलाई हाम्रो कानूनले किमार्थ स्वीकार्दैन या कानूनद्वारा दण्डितसमेत गरिन्छ ।

वर्तमान नेपाली परिवेशलाई हेर्दा यस्ता यौन विकृतिहरू समाजमा ब्याप्त भेटिन्छन् । सहमतिमा यौन सम्बन्ध भइसकेपछि पनि भोलि समाजले, परिवारले थाहा पाँउदा समाजबाट अपहेलित र बहिष्कृत हुने डरले कतै सम्भोगपछि हत्या भइरहेका छन् भने कति आत्महत्या हुन पुगेका छन् ।
अपवाद बाहेकलाई लिने हो भने एउटा जवान पुरुष या स्त्रीले आफ्नो शारिरिक या मानसिक स्वास्थ्य कायमै राख्न स्वस्थ यौन सम्बन्ध राख्न आवश्यक पर्छ नै । मस्तिष्कमा यौन कुण्ठा पालेर समाजमा रहेको एउटा असल नागरिक पनि कुनै बखत विकृतितिर लहसिएको देखिन्छ ।

हिजो देवीदेवताको पालादेखि नै आफ्नो यौनचाहना तृप्ति गर्न विभिन्न भेष बदली आफ्नो स्वार्थसिद्ध गरेको ग्रन्थहरूमा प्रसस्तै भेटिन्छ । शरीर तन्दुरुस्त हुनको लागि जति पौष्टिक आहारको आवश्यकता रहन्छ उति नै मानसिक स्वास्थ्यको लागि यौन पनि । पैसाका लागि गरिने यौन सम्बन्धहरू गलत होलान् तर चाहनाहरू पूरा गर्न दुवैको सहमतिमा गरिने यौन सम्बन्ध केही न केही विकृति रोक्ने माध्यम बन्न सक्छ ।

आज २१औँ शताब्दीको संघारमा आइसक्दा पनि युवायुवतीहरूले विवाहपहिलेको स्वस्थ सम्बन्धहरूलाई अपराधिकरण गरिरहेको छौँ, फलतः समाज अझै विकृत बन्दै गइरहेको छ । समाजका यस्ता यौनहिंसाबाट हुने हत्या र आत्महत्याहरूलाई रोक्न सरकार र सम्बन्धित निकायले कानूनमा सुधार गर्दै केही लचिलो हुनैपर्ने हुन्छ ।

संसारका कैयन देशमा कानूनी मान्यता पाइसकेको या अन्य केहीमा सहमतिमा हुने सम्बन्धलाई अपराधका रूपमा नमानिने हुँदै गर्दा हाम्रो देशमा तिनै कुराहरूमा विकृति बढिरहेको छ । पङ्क्तिकारको ब्यक्तिगत धारणालाई हेर्ने हो भने कुनै उमेर पुगेका एक जोडी दुवैको सहमतिमा एउटा होटेलमा जान्छन्, निश्चित समयको भाडा तिर्छन्, होटेलका सामानहरू प्रयोग गर्छन्, खाना खान्छन्, बस्छन्, रमाउँछन्, त्यहाँ न कसैलाई डिस्टर्व गर्छन् न असर ! तर हाम्रो कानूनले भने त्यसलाई ठूलो अपराधीकरण गर्दछ अब भन्नुहोस् दुवै सहमतिमा गएका थिए कुनै जबर्जस्ती थिएन । उनीहरूकै कारणले होटेलको आम्दानी बढेको थियो त्यही आम्दानीले होटेल कर्मचारीको घरबार चलेको छ, राज्यले त्यही आम्दानीबाट कर पाएको छ भने कसरी अपराध हुन्छ त त्यो सम्बन्ध ?

विवाहित स्त्री–पुरुषले परपुरुष या परस्त्रीसँग जबर्जस्ती सम्बन्ध राखेर घर–परिवार लथालिङ्ग तुल्याउनु चाहिँ नाजायज या अपराध हो नै । यस्ता कुराहरू समाजमा दण्डनीय हुनैपर्छ जसले समाज घरपरिबार, इज्जत प्रतिष्ठामा आँच ल्याउँछ । बालबच्चाको नैसर्गिक अधिकार खोसिन पुगेको पनि छ यस्तो प्रवृत्तिबाट । विवाह गर्दै अंश लिँदै सम्पतिको लागि डिभोर्स गर्दै हिँड्ने परिपाटीलाई पनि कानूनले रोक्नै पर्दछ । तर उमेरमै श्रीमान् गुमाउन पुगेका, श्रीमती गुमाउन पुगेका या एकलआमा बन्न चाहनेहरूलाई राज्यले केही उदारता देखाउनै पर्दछ, या भनौँ स्वतन्त्र यौन सम्बन्ध राख्न पाउने अधिकार कानुनमा सुनिश्चित गर्नैपर्ने देखिन्छ ।

निश्चित स्थान, सुरक्षा संयन्त्र, कर असुली, स्वास्थ्य सेवा जस्ता कुराहरूलाई समेटेर कानूनसम्मत यस्ता स्थानहरूको ब्यवस्था गरिदिने हो भने सायद समाजमा धेरै हदसम्म यौन हिंसाबाट हुने अपराधहरू, हत्याहरू निराकरण हुने निश्चित छ । विकसित र शिक्षित मूलुकहरूमा यौन र बलात्कारका घटनाहरू नसुनिनु र नदेखिनुले पनि यही कुराको पुष्टि गर्दछ । पिछडिएको र गरिब मुलुकहरूमा यस्ता घटनाहरू विकसित मूलुकको तुलनामा प्रशस्त हुने गर्दछन् ।

हाल : टोकियो (जापान)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजन घिमिरे कालजयी गायक एवम् संगीतकार प्रेमध्वज प्रधानले अब घुम्तीमा नआउ भनेर आग्रह गर्नुहुने छैन, न त गोरेटोतर्फ नै भेटिनुहुनेछ

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका