२५ बैशाख २०७८, शनिबार

क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता

  प्रकाशित मिति
१५ बैशाख २०७८, बुधबार ०५:५८


  • विशेष प्रतिनिधि, जापान

चितवनमा निर्माण भइरहेको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न छ। धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा निर्माण भइरहेको उक्त रंगशाला आर्थिक अभावका कारण समस्यामा परेपछि जापानमा भलिवल प्रतियोगिता आयोजना गरेर आर्थिक सहयोग जुटाउन प्रतियोगिता आयोजना गरिएको हो।

जापानको नागोयामा सम्पन्न उक्त प्रतियोगिताको आयोजना गल्कोट समाज जापान, क्षेत्रिय समिति नागोयाले गरेको हो । गल्कोट समाज जापान, नागोयाको क्षेत्रिय अध्यक्ष रामु थापाकाजीले जनस्तरबाट रंगशाला निर्माण कार्यमा सहयोग गर्न आफुहरुले भलिवल प्रतियोगिता आयोजना गरिएको बताउँदै सबै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन्।

उक्त भलिवल प्रतियोगिता दोश्रो संस्करण हो । आउँदा वर्षरुमा पनि यस्ता प्रतियोगिता आयोजनालाई निरंतरता दिने खेल संयोजक मनोज केसीले बताए ।प्रतियोगितामा गल्कोट स्पोर्ट क्लब, टोक्यो प्रथम, गुम्वाकेन गाईज दोश्रो र गल्कोट समाज जापानले तेश्रो स्थान प्राप्त गरेका छन्।

प्रतियोगिताको पुरस्कार राशि क्रमशः प्रथम ३ लाख येन नगद, प्रमाणपत्र , मेडल र कप द्वितीय पुरस्कार २ लाख येन नगद, प्रमाणपत्र , मेडल र कप र तेश्रोलाई एक लाख नगद ,कप मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । छुट्टाछुट्टै विधामा उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कार र नगद द्वारा सम्मान गरिएको थियो।

प्रतियोगितामा जापानभरिका एघार नेपाली टिमहरुले भाग लिएका थिए भने प्रतियोगितापछि पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गल्कोट समाज जापान, नागोयाका संयोजक रामु थापाकाजीको अध्यक्षता एवम् गल्कोट समाज, जापानका अध्यक्ष यम खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यकममा सामाजिक सेवामा योगदान गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । यस कार्यक्रमबाट बचेको रकम तत्काल सार्वजनिक गरि गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि पठाइने गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सानुबाबु सिलवाल/अमेरिका पेट्रोलको ट्रक चलाउने ड्राइभरको खाँचो हुँदा अमेरिकामा यतिबेला पेट्रोलको भाउ बढ्दै छ । अर्थात्, पेट्रोलट्रक चलाउने चालकको कमीका

सनत आचार्य (युरोप प्रतिनिधि), बेल्जियम कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको कडा मापदण्डबीच बेल्जियम सरकारले मे ८ (२५ वैशाख) बाट

राजन घिमिरे अष्ट्रेलियामा रहेका उत्साही युवाहरूको जमर्कोमा विवेकशील साझा अष्ट्रेलिया सद्भाभाव समूह गठन भएको छ । विवेकशील साझा अष्ट्रेलियाको संयोजकमा

प्रतीक्षा खड्की (सुवेदी), अष्ट्रिया कान्सलर (प्रधानमन्त्री) सेबास्टियान कुर्ज नेतृत्वको मिलिजुली सरकारले २०२२ को लागि अतिरिक्त ४२ मिलियन डोज कोरोनाविरुद्धको भ्याक्सिन