२५ बैशाख २०७८, शनिबार

सोमबार पनि नेप्सेमा उच्च अङ्कको गिरावट

  प्रकाशित मिति
१३ बैशाख २०७८, सोमबार १३:४९



धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२५ विन्दुले घटेर ४५२.७९ मा झरेको छ । कूल २२० कम्पनीको एक करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर रु छ अर्ब ५९ करोड नौ लाख २८ हजार २०२ मूल्यमा खरीद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरणमा समेत गिरावट भई रु ३४ खर्ब ७० अर्ब ९२ करोड दुई लाख ७० हजारमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४०.७३, व्यापार १२७.३५, होटेल तथा पर्यटन ७१.४३, जलविद्युत् ९९.४४, वित्त २७.७७, निर्जीवन बीमा ३८४.५३, उत्पादन ९५.५५, अन्य ५४.०४, लघुवित्त ११२.३४, जीवन बीमा ३५९.१८, सामूहिक लगानी कोष ०.११ र लगानी २.७५ विन्दुले घटेको छ ।

कारोबारका आधारमा सोमबार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ७४ लाख ५९ हजार ९३३ बराबरको कारोबार भयो ।

यस्तै, नेपाल पूर्वाधार बैंक रु २५ करोड २९ लाख ८१ हजार ७४०, नेपाल पुनर्बीमा कम्पनी रु २० करोड २४ लाख २१ हजार ६२३, नबिल बैंक रु १९ करोड ५३ लाख ३५ हजार २९०, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १७ करोड ७४ लाख ८० हजार ७९३, नागरिक लगानी कोष रु १६ करोड ९५ लाख ८९ हजार ९४०, एनआइसी एसिया बैंक रु १६ करोड ३२ लाख ३५ हजार २९७, प्रभु बैंक रु १५ करोड १२ लाख १४ हजार ७५६ र एचआइडिसिएलको रु १५ करोड पाँच लाख १६ हजार ८३४ बराबरको भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा उच्च अङ्कको गिरावट आउँदासमेत आज विशाल बजार कम्पनीको शेयरमा ९।९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त वित्तीय संस्था ९।९७, माछापुच्छ्रे« बैंकको ऋणपत्र पाँच, गुडविल फाइनान्स ३।७९, एसबिएल ऋणपत्रका लगानीकर्ताले तीन प्रतिशतले कमाए ।

त्यस्तैगरी, रिलायन्स फाइनान्स ८.०६, छ्याङदी हाइड्रोपावर ७.५६, सिन्धु विकास बैंक ७.२७, युनाइटेड इदीमर्दी हाइड्रोपावर ६.६७, नेशनल हाइड्रोपावर ६.४१, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.४०, नेपाल हाइड्रो डेभलपर ६.२७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ६.१९ प्रतिशतले गुमाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजन घिमिरे कालजयी गायक एवम् संगीतकार प्रेमध्वज प्रधानले अब घुम्तीमा नआउ भनेर आग्रह गर्नुहुने छैन, न त गोरेटोतर्फ नै भेटिनुहुनेछ

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका