२५ बैशाख २०७८, शनिबार

टिकटको डिजिटल भुक्तानी ‘क्यूआर स्क्यान’ प्रणाली आरम्भ

  प्रकाशित मिति
१३ बैशाख २०७८, सोमबार ११:००


HARIGOPALPRADHAN


नेपाल वायुसेवा निगम र नेपाल बैंक लि. को सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान (QR SCAN) प्रणाली प्रारम्भ भएको छ ।

निगमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक समारोहका बीच निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा सो कार्यको शुरुवात गरेका हुन् ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए । उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाउँ-गाउँबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने दाबी गरे ।

सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागितासहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रशन्नता व्यक्त गर्दै भविष्यमा उल्लेखनीय एवम् स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

निगमसँग पुनः सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रुपमा लिएको उल्लेख गर्दै उनले भन्नुहुँदै भविष्यमा अन्य विषयमा पनि मिलेर काम गर्ने धारणा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा शेयर कारोवार भने निरन्तर जारी छ । सोही क्रममा

यतिबेला काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका मोबाइल सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले विभिन्न

हाल कोभिड-१९ को संक्रमण तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ । कोरोनाको दोस्रो लहरले

आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४