नयाँ दिल्लीमा थपियो ‘लकडाउन’

नयाँ दिल्लीमा थपियो ‘लकडाउन’



कोरोना भाइरसले उग्र रूप लिएपछि भारतको राजधानी नयाँ दिल्लीमा एक हप्ताका लागि ‘लकडाउन’ थपिएको छ ।

कोरोना भाइरसले ल्याएको संवेदनशील परिस्थितिलाई मध्यनजर गरेर मे ३ तारिखसम्मका लागि लकडाउन बढाइएको त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

‘अहिलेका लागि हाम्रो अन्तिम हतियार यही लकडाउन हो’- नागरिकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भनेका छन् । नवभारत टाइम्सका अनुसार नयाँ दिल्लीलगायतका स्थानमा अक्सिजनको अभाव भएको बताउँदै मुख्यमन्त्रीले आफूले मुलुकका सबै प्रदेशका सरकारहरूसँग अक्सिजनका लागि पहल गरेको जानकारी दिए ।