आपतकालिन अवस्थाको घोषणाप्रति प्रधानमन्त्री सुगाले मागे माफी

आपतकालिन अवस्थाको घोषणाप्रति प्रधानमन्त्री सुगाले मागे माफी


  • जापान प्रतिनिधि

प्रधानमन्त्री योशिहिदे सुगाले आपतकालिन अवस्था घोषणा गर्ने सरकारको निर्णयको बारेमा माफी मागेका छन् । प्रधानमन्त्री सुगाले कोरोना भाइरस संक्रमण नियन्त्रणको अर्को प्रतिरोधमा टोकियो, ओसाका, क्योतो र ह्योगो चार प्रान्तमा आपतकालिन अवस्था घोषणा गर्ने निर्णयको लागि माफी मागेका हुन् ।

‘धेरै व्यक्तिलाई फेरि समस्या पर्न गएकोमा म साँचो अर्थमा माफी चाहन्छु’, सुगाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।

‘हामी प्रत्येक नगरपालिकाले जुलाईको अन्त्यसम्म खोपको दुई खुराक पूरा गर्ने सुनिश्चित गर्न काम गर्ने छौँ’- सुगाले ६५ वर्ष उमेर र त्यो भन्दामाथि उमेरका व्यक्तिलाई खोप उपलब्ध गराउने बारेमा भनेका छन् ।

प्रधानमन्त्रीले दन्त चिकित्सकलाई पनि कोरोना खोपको इन्जेक्सन दिन अनुमति दिने अभिव्यक्ति दिएका छन् । ‘सकेसम्म धेरै व्यक्तिहरूले खोप तुरुन्तै प्राप्त गर्न सुनिश्चित गर्न, हामी सकेसम्म सबै गर्न तयार छौँ’, उनले भनेका छन् ।