पार्किङ गरिएको कारभित्र चार जना मृतावस्थामा

पार्किङ गरिएको कारभित्र चार जना मृतावस्थामा


  • जापान प्रतिनिधि

जापानको खानागावा प्रान्तको योकोहमा शहरस्थित एक कन्विनिएंस स्टोरको पार्किङमा पार्क गरिएको निजी सवारी साधन (कार)भित्र एकै परिवारका ४ जना मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीले रात्रीकालिन गस्तीको क्रममा बिहीबार राति १ बजेतिर उक्त कार फेला पारेको बताइएको छ । प्रहरीका अनुसार आओबा वार्ड निवासी ४० वर्षीयय नोबुहिरो तोसिदा, उनिकी श्रीमती ३७ वर्षीया मिहोको र उनीहरुका २ छोरा ७ वर्षीय रिकी र २ वर्षीय कोशी मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीलाई प्राप्त जानकारीअनुसार मृतक तोसिदाले उनको एक साथीलाई बुधबार आत्महत्या गर्ने ब्यहोराको म्यासेज गरेका थिए । त्यसपछि ती साथीले तोसिदाका आफन्तलाई सम्पर्क गरेपछि उनको घरमा पुग्दा कोही पनि नभएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।