२५ बैशाख २०७८, शनिबार

नेपाल फाइनलमा, प्रतियोगिताबाट बाहिरियो मलेसिया

  प्रकाशित मिति
८ बैशाख २०७८, बुधबार १८:१५


घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत बुधबार भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि नेदरल्यान्ड्स र मलेसियाले १–१ अङ्क बाँडेका छन् । वर्षाले पटकपटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले डिएल पद्धतिका आधारमा मलेसियालाई जीतका लागि १३ ओभरमा १२० रनको लक्ष्य दिएको थियो ।

मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले पुनःखेल रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा मलेसियाले डिएलका आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोडे भने अनवर अरुदीनले २३ रन बनाए । त्यस्तै भिरनदीप सिंह १४ रनमा आउट भए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले दुई विकेट लिए । यसअघि वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले चार विकेट गुमाएर १०७ रन बनाएको थियो । तर डिएल पद्धतिका आधारमा मलेसियाले १२० रनको लक्ष्य लक्ष्य पाएको थियो ।

नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सेलारले ३७ रन जोडे । एन्टोनीयस स्टाल १० रनमा अविजित रहे । मलेसियाका मुहमद वाफीकले दुई विकेट लिए भने पवनदीप सिंह र भीरनदीप सिंहले १–१ विकेट लिए ।

यस खेलसँगै नेदरल्यान्ड्स र नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेदरल्यान्ड्सले चार खेलमा पाँच अङ्क जोड्दै शीर्ष स्थानमा समेत उक्लिएको छ भने तीन खेलमा चार अङ्क जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए