२५ बैशाख २०७८, शनिबार

‘तथ्यहीन’ सामग्री पोष्ट गरेको भन्दै सात अनलाइन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

  प्रकाशित मिति
३ बैशाख २०७८, शुक्रबार १८:३३


‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाइन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

बिहीबारदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हवला दिँदै सञ्चारमाध्यमको जिम्मेवारीबोधसमेतको ख्याल नगरी तथ्यहीन एवम् पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको भन्दै उज्यालो नेटवर्क डटकम, सुर्दशन खबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपाली गाथा डटकम, पल खबर डटकम र कान्तिपथ डटकमलाई स्पष्टीकरण माग गरिएको हो ।

त्यसैगरी काउन्सिलले सूचीकरण नभएका सन्देश प्रवाह डटकम र न्यूज ८८ पोष्ट डटकमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचारसमेत गरेको छ ।

‘काउन्सिल पत्रकारिताको मूल्य–मान्यता, सैवेदनशीलताको ख्याल गरी जवाफदेहीपूर्ण ढंगबाट सत्यको अन्वेशण, तथ्यको सम्प्रेषणको मार्गअनुरूप सामग्री सम्प्रेषण गर्न÷गराउन र पत्रकार आचारसंहिताको पूर्णपालनामा प्रतिबद्ध रहन आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए