सहमतिको सरकार र निर्वाचन एक मात्र विकल्प : डा. कोइराला

सहमतिको सरकार र निर्वाचन एक मात्र विकल्प : डा. कोइराला


  • हेमशंकर सिंह, सप्तरी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान गतिरोध अन्त्यका लागि एक मात्र विकल्प रहेको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले सर्वपक्षीय सहमतिको सरकार गठन गरी अगामी मंसिर वा चैत्रमा चुनाव सम्पन्न गरेर देशलाई निकास दिन दलहरुसँग आग्रह गरे ।

संसदीय व्यवस्थाप्रति विश्वास नभएका पार्टीहरुले संसदलाई निकम्मा बनाउन खोजेको आरोप लगाउँदै डा. कोइरालाले भने– ‘न सरकारले संसदलाई विजनेस दिन सकेको छ न त सभामुखले नै संसदलाई विजनेश दिन सकेका छन्, यसरी संसदलाई अनिर्णयको बन्दी बनाइएको छ ।’

वर्तमान सरकार अराजक ढंगले हिँडिरहेको बेला प्रतिपक्षी नेपाली कांग्रेस अलमलमा परेको र जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएर अघि बढिरहेकाले सरकारको विस्थापन गर्न चौतर्फी रुपमा दबाब सिर्जना हुनुपर्नेमा कोइरालाले जोड दिए ।