२५ बैशाख २०७८, शनिबार

कोरोनाका कारण कुवेतमा थप एक नेपालीको मृत्यु

  प्रकाशित मिति
३ बैशाख २०७८, शुक्रबार १५:१७


  • सनत आचार्य

कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ ।

स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि कुवेत बस्दै आएका बमबहादुर थापाको बिहीबार राति फर्मानिया अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

पचास वर्षीय थापा करिव महिना दिनअघि सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । सडकबाट उद्धार गर्दा उनी अचेत अवस्थामै रहेका बताइन्छ । पछि उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालबाट एक हप्ताअघि निवास फर्किएका थापामा टाउको दुख्ने समस्या शुरु भएको थियो ।

अत्यधिक मात्रामा टाउको दुख्ने र स्वासप्रश्वासमा समेत समस्या देखिन थालेपछि बिहीबार उनलाई पुनः अस्पताल लगिएएको थियो ।

अस्पताल पु¥याइएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएसँगै थापाको राति नै उपचारको क्रममा मृत्यु भएको कुमार झापालीले जानकारी दिए ।

कुवेतका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध दिवंगत थापा अधिकांश नेपालीबीच लोकप्रिय थिए ।

झापालीका अनुसार हाल कुवेतमा एक दर्जन बढी नेपालीमा कोरोना संक्रमण देखापरेको छ भने थापाको मृत्युसँगै कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरूको संख्या चार पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए