२५ बैशाख २०७८, शनिबार

बालिकालाई यौनकर्ममा लगाएको आरोपमा पक्राउ

  प्रकाशित मिति
३ बैशाख २०७८, शुक्रबार १४:१९



बालिकालाई कामाडौंको एक होटलमा काम गर्न राखेर यौनकर्ममा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको र शुरुमा वेटरमा राखेपछि पछि यौनकर्ममा लगाएको प्रहरीले आरोप लगाएको छ ।

उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबर्जस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले शुक्रबार एक सूचना जारी गरी जनाएको छन् । उनका विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए