अनपेक्षित तवरले जोगियो मुख्यमन्त्री शाहीको पद !

अनपेक्षित तवरले जोगियो मुख्यमन्त्री शाहीको पद !


एमालेका चार सांसद्लाई कारवाहीको सिफारिस


कर्णालीमा शुक्रबार भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्न गरेको प्रस्तावमा एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्षमा मतदान गरेर ‘फ्लोर क्रस’ गरी शाहीको कुर्सी जोगाइदिएका छन् ।

शुक्रबार मतदानमा सहभागी ३७ सांसदमध्ये २२ जनाले मुख्यमन्त्री शाहीको पक्षमा भोट हालेका थिए, जसमा एमालेका माधव नेपालपक्षीय उल्लिखित चार सांसद पनि थिए । मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए ।

यसरी अनपेक्षित तवरले विश्वासको मत लिएसँगै मुख्यमन्त्री शाहीको पद थप एक वर्षसम्मका लागि जोगिएको छ । संविधानतः अविश्वासको प्रस्ताव फेस गरेर विश्वासको मत ासिल गरेपछि एक वर्षसम्म पुनः अविश्वासको प्रस्ताव ल्याउन पाईंदैन ।

संसदीय दलको नीतिविपरीत मतदान गरेर ‘फ्लोर क्रस’ गरेकोमा ती चार जना सांसदलाई नेकपा एमालेको संसदीय दलले कारबाही सिफारिस गरेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिएका छन् ।