२५ बैशाख २०७८, शनिबार

हुरीबतासले धादिङमा ५० घरको छाना उडायो

  प्रकाशित मिति
३ बैशाख २०७८, शुक्रबार १३:३८



धादिङका विभिन्न स्थानमा गएराति आएको हुरीबतासले निकै धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको बताइएको छ ।

हुरीबतास र पानीसँगै आएपछि घर गोठ उडाएको छ भने तरकारीबालीसमेत हुरीका कारण क्षति पुगेको अनुगमनका क्रममा देखिएको छ । रातिको समयमा आएको भीषण हुरीबतासका कारण बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा १० घरको जस्ताको छाना, गजुरी गाउँपालिका–२ मा १२ घर टेण्ट, नीलकण्ठ नगरपालिका खाल्टेको दुई घर जस्ता, ज्यामरुङको चार घर जस्ता र गल्छी गाउँपालिका–५मा १३ घरको जस्ता उडाएको नेपाल रेडक्रस सोसाइटी सभापति नारायण तिमल्सिनाले जानकारी दिए । यस्तै, गल्छी गाउँपालिका–५ का वडाध्यक्ष प्रेम तामाङले सबै सूचना नआइसकेको र आफू गाउँमै सूचना सङ्कलनमा लागिरहेको बताए ।

हुरीबतासका कारण जिल्लामा अन्य क्षतिको विवरण आइनसकेको र विवरण आउने क्रम जारी रहेको रेडक्रसले जनाएको छ । बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले हुरीबतासबाट घर उडाएको चौकी टोलको निरीक्षण गरी पालिकाभरिमा क्षतिको विवरण सङ्कलन गर्नका लागि शुरुआत गरिएको बताएका छन् । पालिकाले आवश्यकताका आधारमा राहत वितरण गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६

कपिलवस्तु प्रतिनिधि कोभिड(१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो

नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए