२५ बैशाख २०७८, शनिबार

अपहरणपछि बन्धक तुल्याइएका विज्ञान पुगे घर

  प्रकाशित मिति
३ बैशाख २०७८, शुक्रबार १०:१५



जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानी, खोटाङका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुर) पुर्‍याएका हुन् । साविकको चिसापानी-१ का कोइराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाइँ सरेका थिए ।

लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानको आमा देवकुमारी, भाइ सुवास र कान्छी बहिनी तुलसासँग भेट भएको छ । विसं २०५८ मा १७ वर्षको उमेरमा काठमाडौंको सानेपाबाट बेपत्ता भएका विज्ञान १९ वर्षपछि आफ्नो घर फर्किएर आउँदा कोइराला परिवारमा खुशी छाएको छ । लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाइ र बहिनीलाई समेत ठम्याउन नसकेको बताइएको छ ।

बाल्यकालमा भाइबहिनीलाई छाडेका विज्ञानले अहिले पनि आफ्नो भाइबहिनी सानै रहेको बताउने गरेका छन् । परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले यसअघि नै बितिसकेकी मावली हजुरमुमालाई मात्र फोटो हेरेर चिन्न सकेका छन् ।

शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत रोगी देखिएका विज्ञान सशस्त्र द्वन्द्वको समयमा भारत जाने भन्दै घर छाडेर हिँडेका थिए तर, उनी भारत नगइ काठमाडौं पुगेको खुलेको भाइ सुवासले बताए ।

“दाजुको भनाइमा उहाँ सानेपाबाट अपहरणमा पर्नुभएको रहेछ । गाडीमा आएका दुई महिला र एक पुरुषले उहाँलाई कम्बलले अनुहार छोपेर बेहोस बनाएपछि बन्द कोठामा पुर्‍याएका रहेछन्, जुन कोठाबाट बाहिरिन उहाँलाई दुई दशक लाग्यो । कोठामा बन्धक बनाइएको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको, यातना दिएको दाजुले बताउने गर्नुभएको छ । उहाँको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ”, सुवास भन्छन् ।

शारीरिक रुपमा कमजोर देखिने विज्ञानको फियो भेरी अञ्चल अस्पतालमा उपचार गर्दा निकालिएको पुष्टि भएको भाइ सुवासले बताए । विकासको उपचार वीर अस्पताल लगेर गर्नुपर्ने र त्यसका लागि सात लाख खर्च लाग्ने बताइएको छ । गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्धार गरेर सोही स्थानको निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो । निलसागरले विज्ञानको निःशुल्क स्वास्थ्य जाँच गराएपछि प्रहरी र पत्रकारको रोहबरमा आफन्तको जिम्मा लगाएको हो ।

विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको थियो । बेपत्ता बनेका विज्ञान र भाइ सुवासको चैत २६ गते नेपालगञ्जमा भेट भएको थियो । उन्नाइस वर्षसम्म घरबाहिर निस्कन नदिई बन्धक बनाइएका विज्ञानलाई चैत १८ गते राति सुतेको बेला बेहोस पारेर काठमाडौंको बल्खु आसपासको जङ्गलमा छाडिएको बताइएको छ । विज्ञानलाई अपहरण गरेको र बन्धक बनाएको विषयमा प्रहरी अनुसन्धान हुन भने बाँकी नै रहेको भाइ सुवासले जानकारी दिएका छन् । विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अभियान शुरु गरिएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष बाजिन्द्र विष्टको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

विशेष प्रतिनिधि, दाङ दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने