२५ बैशाख २०७८, शनिबार

कर्णाली प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने सम्भावना

  प्रकाशित मिति
३ बैशाख २०७८, शुक्रबार ०६:५३


मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै, एमालेको सम्भावना प्रबल हुँदै

कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने/नपाउने टुङ्गो लाग्नेछ ।

सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत नपाए मुख्यमन्त्री शाही नेतृत्वको सरकार विस्थापित भई नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनलाई प्रदेशसभाका २० सदस्यको मत पाउनुपर्छ, तर प्रदेशसभामा उनको दल नेकपा (माओवादी केन्द्र)का १२ सदस्य मात्र छन् ।

माओवादी केन्द्रले नेपाली कांग्रेस र राप्रपाको समर्थन पाउने गरी संवाद भइरहेको जनाए पनि यो कुरा अझै अमूर्त नै रहेको बुझिएको छ । प्रदेशसभामा कांग्रेसका ६ रराप्रपाका एक सदस्य छन् भने एमालेका सभामुखसहित २० सदस्य छन् । एमाले प्रमुख सचेतक गुलाबजङ्ग शाहले सबै दल मिल्दासमेत मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको दाबी गरेका छन् । एमालेका माधव नेपाल समूहको पक्षधर भनिएका प्रदेश सदस्यहरुसमेत माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विस्थापित गरेर एमालेको नेतृत्वमा सरकार बनाउन दृढ रहेका बताइएको छ ।

मुख्यमन्त्री पक्षधरले ‘एमालेका केही सांसदले ‘फ्लोर क्रस’ गर्छन्’ भनेर गलत हल्ला फैलाइएकामा आपत्ति जनाउँदै शाहले ‘पार्टी निर्णयअनुसार एमालेको सबै सांसद एकढिक्का भएको अवस्था छ, यदि मत बराबर नै भयो भने पनि सभामुखको मत निर्णायक हुने’ जिकिर गरे ।

एमालेले चैत ५ गते माओवादी केन्द्रका नेता शाही नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएको थियो । शाही संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । सो समयसीमाअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

सरकारकै कारण नेपाल कोरोनाको उच्च जोखिममा परेको आरोप कोभिड-१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड-१९

महन्थ ठाकुरको हातमा राजनीतिक साँचो ! माओवादीले समर्थक फिर्ता नलिँदै प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन अग्रसर हुनु

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिनुहुने भएपछि माधव नेपाल पक्ष थप धर्मसङ्कटमा परेको छ। विश्वासको